दफा १२
फोहरमैला व्यवस्थापन स्थल
(१) स्थानीय तहले आफ्नो क्षेत्रभित्र सङ्कलन भएको फोहरमैलालाई व्यवस्थापन तथा स्थायी रुपमा विसर्जन गर्नको लागि वातावरण सम्बन्धी प्रचलित कानूनको अधीनमा रही फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साइट) तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम फोहरमैला व्यवस्थापन स्थल तोक्नको लागि स्थानीय तहको जग्गा नभएमा वा जग्गा भए तापनि फोहरमैला व्यवस्थापन स्थल तोक्न उपयुक्त नभएमा उपयुक्त जग्गा भाडामा लिई वा खरिद गरी व्यवस्थापन स्थल तोक्न सक्नेछ ।
(३) यस दफा बमोजिम फोहरमैला व्यवस्थापन स्थल तोक्दा दफा १६ को अधीनमा रही निजीक्षेत्रको निजी जग्गामा समेत फोहरमैला व्यवस्थापन स्थलको विकास तथा सञ्चालन गर्न सकिनेछ ।
(४) स्स्थानीय तहले उपदफा (१) वा (२) बमोजिम फोहरमैला व्यवस्थापन स्थल तोक्नको लागि जग्गाको अभाव भएमा उपयुक्त स्थलको छनौट गरी उपलब्ध गराउनको लागि मन्त्रालय समक्ष अनुरोध गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम फोहरमैला व्यवस्थापन स्थल उपलब्ध गराउनको लागि अनुरोध भई आएमा मन्त्रालयले प्रचलित कानून बमोजिम त्यस्तो जग्गा प्राप्त गरी स्थानीय तहलाई उपलब्ध गराउनेछ ।
(६) दुई वा सोभन्दा बढी स्थानीय तहलाई एउटै फोहरमैला व्यवस्थापन स्थल उपयुक्त हुने भएमा त्यस्ता स्थानीय तहबीच समन्वय गरी त्यस्तो स्थललाई सम्बन्धित स्थानीय तहहरुको लिखित सहमति र शर्तमा मन्त्रालयले फोहरमैला व्यवस्थापन स्थल तोक्न सक्नेछ ।
(७) स्थानीय तहले फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन तथा बन्द पश्चात् व्यवस्थापन सम्बन्धी कार्य तोकिएको वातावरणीय मापदण्ड अनुरुप गर्नु पर्नेछ ।
(८) उपदफा (७) बमोजिम बन्द पश्चात् व्यवस्थापन सम्बन्धी कार्य गर्दा फोहरमैला व्यवस्थापन स्थलको प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्याड्ढन प्रतिवेदनमा सिफारिस गरिएका सुझावहरु अनुरुप गर्नु पर्नेछ ।
(९) स्थानीय तहले फोहरमैला व्यवस्थापन स्थल क्षेत्रलाई आवश्यक परेमा वातावरणीय रुपले सम्वेदनशील क्षेत्र घोषणा गर्न सक्नेछ ।
(१०) उपदफा (९) बमोजिमको क्षेत्रमा पशुपक्षी, जीवजन्तु तथा मानवको अनधिकृत प्रवेशलाई रोक लगाउने, ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने कार्यमा रोक लगाउनुको साथै वातावरण संरक्षण र त्यस्तो क्षेत्रको उचित व्यवस्थापनका लागि अन्य आवश्यक निर्देशन तथा निर्देशिका जारी गरी लागू गर्न सक्नेछ ।